असार २६, २०८२ बिहिबार July 10, 2025

बाइडेन देशकै शत्रु हुन्ः ट्रम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनसँग खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् । व्युरोले अगस्ट ८ मा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको  परिणाम’ ल्याउने चेतावनी दिए ।

ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको योभन्दा ज्वलन्त उदाहरण केही हुन सक्दैन, जतिबेला केही साताअघि प्रशासनले शक्तिको चरम दुरुपयोग ग¥यो ।’

ट्रम्पले विल्क्स–ब्यारे सहरमा भएको ¥यालीमा  समर्थकहरूलाई भने, ‘कानूनको घोर दुरुपयोगले यसअघि कसैले कहिल्यै नदेखेको प्रतिक्रिया ल्याउन लागिरहेको छ ।’

ट्रम्पले यस हप्ता राष्ट्रपति बाइडेनको भनाईको पनि चर्को आलोचना गरेका थिए । एक कार्यक्रममा बाइडेनले ट्रम्पप्रति संकेत गर्दै भनेका थिए, ‘पूर्ववर्ती र रिपब्लिकन समर्थकहरूले हाम्रो गणतन्त्रको जगलाई खतरामा पार्ने अतिवादको प्रतिनिधित्व गर्छन् ।’ट्रम्पले भने, ‘ अहिलेसम्मकै राष्ट्रपतिमध्ये बाइडेनले सबैभन्दा खराब, घृणित र विभाजनकारी भाषण दिए ।’ । बाइडेन देशकै शत्रु भएको उनले संगीन आरोप लगाए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार