असार ३१, २०८२ मंगलबार July 15, 2025

इंग्लिस प्रिमियर लिग : चेल्सी र टोटनहमको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इंग्लिस प्रिमियर लिगअन्तर्गत  शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले जित निकालेका छन् ।  फुलहमलाई २–१ ले पराजित गर्दै टोटनहमले लिगमा अपराजित यात्रालाई कायम राखेको हो ।

खेलको ४०औं मिनेटमा पिएरी हजवेर्जले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए । खेलको ७५औं मिनेटमा  ह्यारी केनले टोटनहमको अग्रतालाई दोब्बर पारे । खेलको ८३औं मिनेटमा फुलहमका एलेक्सेन्डर मिट्रोभिचले एक गोल फर्काएका थिए ।

जितसँगै ६ खेलबाट १४ अंक जोडेको टोटनहम तालिकाको तेस्रो  स्थानमा  छ । यस्तै, समान खेलबाट आठ अंक जोडेको फुलहम तालिकाको १०औं स्थानमा छ ।

यस्तै, चेल्सीले वेस्ट हम युनाइटेडलाई २(१ ले पराजित गर्‍यो।  खेलको ६३औं मिनेटमा माइकल एन्टोनीले गोल गर्दै स्टाम्फोर्ड ब्रिजमा पाहुना टिमले अग्रता लिएको थियो ।

तर, ७६औं मिनेटमा थिएगो सिल्भाको पासमा बेन चिलवेलले गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काए । यस्तै, खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा काइ हाभार्ट्जले गोल गर्दै चेल्सीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

 जितसँगै ६ खेलबाट १० अंक जोडेको चेल्सी तालिकाको पाँचौ स्थानमा छ । यस्तै, समान खेलबाट चार अंक जोडेको वेस्ट हम तालिकाको १७औं स्थानमा छ ।अन्य खेलहरुमा ब्रेन्टफोर्डले लिड्स युनाइटेडलाई ५–२ ले, बर्नमाउथले नटिङ्घम फरेस्टलाई ३–२ ले र वुल्भ्सले साउथह्याम्पटनलाई १–० ले पराजित गर्दा न्युक्यासल युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार