असार २६, २०८२ बिहिबार July 10, 2025

बेलायतः कन्जरभेटिभ पार्टी नेतृत्वको चुनाव सम्पन्न, ट्रसकाे सम्भावना धेरै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलायतमा कन्जरभेटिभ पार्टीको नेतृत्वको चुनावमा मतदान सम्पन्न भएको छ । भारतीय मूलका सांसद  ऋषि सुनक र विदेशमन्त्री लिज ट्रसबीच नेतृत्वका लागि प्रतिष्प्रधा भइरहेको छ । प्रारम्भिक सर्वेक्षणमा लिज बोरिस जोनसनको उत्तराधिकारी बन्ने देखाइएको छ ।

विदेश मन्त्री ट्रस र पूर्वअर्थमन्त्री सुनक बीचको नतिजा सोमबार दिउँसो घोषणा गरिनेछ । नतिजा सार्वजनिक भएको भोलिप्ट बोरिस जोनसनले औपचारिक रूपमा महारानी एलिजाबेथ द्वितीय समक्ष राजीनामा दिनेछन् ।

कन्जरभेटिभ पार्टीको नेता चयनको पक्रिया छनोट कार्य अगस्टबाट सुरु भएको थियो । छनोटका विभिन्न चरणमा अनुमानित २ लाख कन्जरभेटिभ पार्टीका सदस्यहरूले मतदान गरेका थिए ।

मतदानमा सुनकलाइभन्दा ४७ वर्षीय ट्रसलाई  निरन्तर समर्थन गर्दै आएका छन् । उनले कर घटाउने र र आर्थिक वृद्धिलाई प्राथमिकता दिने अभियान गरेकी छिन । बेलायतले दशकौंपछिको उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ र यस वर्षपछि मन्दीमा प्रवेश गर्ने संकेत गरिएको छ ।

‘मसँग एउटा साहसी योजना छ जसले हाम्रो अर्थतन्त्रलाई बढाउँछ, उच्च पारिश्रमिक, परिवारहरूको लागि थप सुरक्षा र विश्व–स्तरीय सार्वजनिक सेवाहरू प्रदान गर्दछ’, ट्रसले एक विज्ञप्तिमा भनिन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार