असार ३०, २०८२ सोमबार July 14, 2025

४० दिनमा ३१ दिनसम्म क्याम्पसमा अनुपस्थित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ठमेलस्थित अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापकदेखि कर्मचारी महिनौँसम्म कार्यालय अनुपस्थित भएर तलब–भत्ता लिने गरेको पाइएको छ । बिदा स्वीकृत गराएर मात्र गैरहाजिर हुनुपर्ने प्रावधानविपरीत उनीहरू महिनौँसम्म अनुपस्थित भएर त्यस समयबापतको समेत तलब–भत्ता बुझ्ने गरेको पाइएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट एक सय ८५ शिक्षक–कर्मचारी बिदा स्वीकृत नगराई अनुपस्थित रहेको र गैरकानुनी रूपमा तलब लिएको खुलेको हो । केन्द्रका एसपी गणेशकुमार श्रेष्ठ र डिएसपी कृष्णप्रसाद अधिकारी सम्मिलित छानबिन समितिको प्रतिवेदनअनुसार ०७८ मा १ मंसिरदेखि १० पुससम्मको विद्युतीय हाजिर हेर्दा १२ जना कर्मचारी त ३१ दिन अनुपस्थित छन् । बाँकी कर्मचारी पनि २९, २७, २६, २५, २३, २१, १८, १६ दिनसम्म अनुपस्थित रहेको पाइएको हो । ‘विद्युतीय हाजिरबाहेक हामीले थप चार दिन (१४ वैशाख, २५ जेठ, २ असार र ८ असार) को हाजिर पनि हे¥यौँ,’ डिएसपी अधिकारीले भने, ‘तर, सुधार देखिएन । बिदा नै स्वीकृत नगराई अनुपस्थित हुने, कार्यालय आउनुपरे दिउँसो वा साँझ मात्र आउने गरेको पाइयो ।’

क्याम्पसका १२ जना कर्मचारी ४० दिनमा ३१ दिन अनुपस्थित छन् । यसरी ३१ दिन अनुपस्थित हुनेमा जकनरत्न मल्ल, मञ्जुश्री बज्राचार्य, अनिल पाण्डे, मुनाल सुवेदी, पीताम्बर श्रेष्ठ, विजयकुमार झा, वीरेन्द्रप्रसाद यादव, नरेन्द्रकुमार सिंह, राजेश्वरी श्रेष्ठ, मनोजकुमार प्रसाद, अरुणकुमार शर्मासहित छन् । यीमध्ये धेरैजसो कर्मचारी थप चार दिनको छड्केमा पनि अनुपस्थित रहेको पाइएको सतर्कताको छानबिन प्रतिवेदनमा उल्लेख छ । देवीप्रसाद भट्टराई ३० दिन अनुपस्थित देखिन्छन् ।

क्याम्पस प्रमुख लोकबहादुर बराल एक महिनामा पाँच दिन अनुपस्थित छन् । उनी छड्के हाजिर जाँच हुँदा पनि चार दिनमा एक दिन अनुपस्थित छन् । सहायक क्याम्पस प्रमुख रवीन्द्रसिंह महत दुई दिन अनुपस्थित देखिन्छन् । प्रशासन प्रमुख सुरेन्द्रलाल तण्डुकार एक महिनामा २७ दिन अनुपस्थित छन् भने सिएसआइटी विभागका प्रमुुख हिक्मत रोकाया १५ दिन गैरहाजिर छन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार