असार २६, २०८२ बिहिबार July 10, 2025

द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन प्रधानमन्त्री हसिना भारत भ्रमण गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबारदेखि भारतको चारदिने भ्रमण गर्दै हुनुहुन्छ । द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन यो भ्रमण हुन लागेको हो ।

सम्पर्क सञ्जाल विस्तार, ऊर्जा र खाद्य सुरक्षाका साथै व्यापार र लगानीका अवसरमा ध्यान केन्द्रित गर्दै उहाँले आफ्ना समकक्षी नरेन्द्र मोदीसँग वार्ता गर्नुहुनेछ ।

बङ्गलादेश र भारत दुवै सांस्कृति, आर्थिक, भाषिक, राजनीतिक  एवम् धार्मिक रूपमा धेरै समानता भएका देश हुन् । बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा भारतको महत्वपूर्ण भूमिका भएता पनि नयाँदिल्ली र ढाकाबीचको सम्बन्ध विशेषगरी कहिल्यै पनि न्यानो वा विवादमुक्त भएको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो ढाका भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । हालैका वर्षमा दुवै देशबीच कूटनीतिक र आर्थिक क्षेत्रमा धेरै सम्झौताहरू पनि भएका छन् ।

प्रधानमन्त्री मोदी र शेख हसिनाको दूरदर्शी नेतृत्वमा भारत र बङ्गलादेशले भूमि र सामुद्रिक सीमाङ्कन, सुरक्षा, सम्पर्क सञ्जाल विस्तार, विकास सहायता, सांस्कृतिक आदानप्रदान, ऊर्जा प्रवद्र्धन एवम् त्यसको व्यापार , बन्द व्यापार र वाणिज्य तथा प्रतिरक्षाका क्षेत्रमा ठोस नतिजा हासिल गरेका छन् ।

प्रधानमन्त्री हसिनाको दिल्ली भ्रमणका बेला पनि दुवै देशको सुरक्षा र सीमा व्यवस्थापनदेखि पारस्परिक लाभदायक व्यापार र लगानी प्रवाह,  द्विपक्षीय, क्षेत्रीय र उप–क्षेत्रीयस्तरमा सहयोग विस्तारलाई जोड दिइने छ । साथै उहाँको यो भ्रमण दक्षिण एसियाली क्षेत्रमा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानको प्रयास, सैन्य सहायता र आतङ्वाद नियन्त्रणमा केन्द्रित हुनेछ ।

भारत र बङ्गलादेश बीचको द्विपक्षीय सम्बन्ध सहयोगको मानकका रूपमा बढ्दै गएको छ ।  वार्ता र रचनात्मक संवादको माध्यमबाट समस्या समाधानका प्रयास पनि भइरहेका छन् । यद्यपि नदी र जल बाँडफाँटका विषयमा भने मतैक्यता हुन सकेको छैन । नदीहरू दुई देशहरू बीचको सबैभन्दा उल्लेखनीय साझा स्रोत हुन् ।

दिल्ली र ढाकाको द्विपक्षीय सहयोग एजेन्डामा पानी व्यवस्थापन र पानी बाँडफाँटका मुद्दामा धेरै बहस हुने गरेको छ । पछिल्लो समय भने दुई देशले प्राथमिकताका आधारमा पानी बाँडफाँट सम्झौताको ढाँचा  पनि विकास गरेका छन् ।

सम्झौताका निम्ति पहिचान गरिएका दुई देशका साझा प्रमुख नदी गङ्गा, टिष्टा, मनु, मुहुरी, खोवाई, गुम्ती, धरलाबारे हालै दुवै देशका अधिकारी सम्मिलित संयुक्त आयोगले समझदारीपत्रलाई अन्तिम रूप दिएको छ । बाह्र वर्षको अन्तरालपछि भएको उक्त आयोगको बैठक विवादका विषय निरूपण गर्न निकै हदसम्म सफल  भएको थियो ।

बङ्गलादेश पनि आफ्नै गतिमा विकासको पथमा क्रमशः लम्किरहेको छ । उसले पछिल्लो समय आर्थिक विकासमा केही फड्को पनि मारेको छ ।

फलस्वरुप ढाका  संयुक्त राष्ट्रसङ्घको अतिकम विकसित राष्ट्रको सूचीबाट बाहिर निस्कने चरणमा पुगेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री मोदीसमक्ष बङ्गलादेश–भारत बृहत् आर्थिक साझेदारी सम्झौताको प्रस्ताव गर्ने बताइएको छ ।

कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रलाई उठाउन उहाँले  भारतसँग सहयोग पनि लिने सम्भावनालाई पनि नकार्न सकिदैन ।

सम्पर्क सञ्जाल विस्तारका निम्ति भारत र बङ्गलादेशबीच थप तीनवटा  रेल सेवा सञ्चालनका साथै हालै निर्माण गरिएको पद्मा पुलबाट फाइदा उठाउन तथा मोङ्ला बन्दरगाहलगायत दक्षिणपश्चिम बङ्गलादेशलाई भारतसँग जोड्न उहाँले आग्रह गर्नुहुनेछ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार