भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएकी बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीमा ती सम्झौतामा हस्ताक्षर भएको हो ।
दुई प्रधानमन्त्रीले पावर प्लान्ट, एक रेलवे पुल र थुप्रै रेल लाइन परियोजनाहरू सहित विभिन्न परियोजनाहरूको संयुक्त रूपमा उद्घाटन पनि गर्नु भएको छ।
भारतीय विदेश सचिव विनय क्वात्राले पत्रकारहरूलाई प्रधानमन्त्रीद्वय मोदी र हसिनाले जल, व्यापार, आर्थिक सम्बन्ध र क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय विषयमा छलफल गरेको बताउँनु भएको छ । रासस
प्रतिक्रिया