श्रावण ६, २०८२ मंगलबार July 22, 2025

डिशहोम अफर : एक बर्ष रिचार्ज गर्दा २ बर्ष टिभी हेर्न पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्नसकिने योजना संचालन गरिरहेको छ ।

डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यस संगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन्।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने छ ।

एक दशकदेखी स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो साथै डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोमले  फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेममा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया