असार २६, २०८२ बिहिबार July 10, 2025

चीन र रूसका राष्ट्रपति आगामी साता भेट्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनका राष्ट्रपति सी चीनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी साता उज्वेकिस्तानमा भेट हुने भएको छ ।

उज्वेकिस्तानको सामरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुवै नेताबीच भेटवार्ता हुन लागेको हो ।

चीनका लागि रूसका राजदूत एन्ड्रे डेनिसोभले राष्ट्रपतिद्वयबीचको भेटवार्तालाई पुष्टि गर्दै नेताद्वयबीचको पूर्ण बैठक र त्यसको कार्यसूचीमा गम्भीर ढङ्गले काम भइरहेको बताएका छन् । उनले रूसी र चिनियाँ राष्ट्रपतिबीच द्विपक्षीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविमर्श हुने बताए ।

कोभिड–१९ को महामारीपछि चिनियाँ नेता सीको यो पहिलो विदेश भ्रमण हुनेछ । यद्यपि मुख्यभूमि चीनबाट उहाँ गत असार १७ गते हङकङ पुग्नुभएको थियो ।

हङकङ चीनलाई हस्तान्तरण गरिएको २५ औँ वार्षिकोत्सव विशेष समारोह तथा उक्त औद्योगिक महानगरका प्रमुख कार्यकारीको शपथ कार्यक्रममा सहभागी हुन उहाँ त्यहाँ जानुभएको हो ।

साङ्घाइ सहयोग सङ्गठनमा चीन, रुस, चार मध्य एसियाली देश काजाकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान तथा भारत र पाकिस्तान सदस्य छन् ।

युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि पश्चिमा राष्ट्रले रूसमाथि कडा प्रतिबन्ध लगाएका बेला मस्कोले एशियाली देशहरू, विशेष गरी चीनसँग सम्बन्ध सुदृढ गर्न खोजेको छ ।

बेइजिङले युक्रेनमा मस्कोको हस्तक्षेपको निन्दा गरेको छैन । यसअघि राष्ट्रपति पुटिन र सीबीच गत माघमा बेइजिङमा शीतकालीन ओलम्पिक खेलकुदका बेला भेटवार्ता भएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार