असार ३१, २०८२ मंगलबार July 15, 2025

यु-१७ साफ च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भुटानलाई २-१ ले पराजित गर्दै नेपाल एक खेल अगावै श्रीलंकाको कोलम्बोमा जारी साफ यु १७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले समान एक गोल गरे । भुटानका जितसुन दोर्जेले एक गोल गरे ।

समूह बी मा नेपाल र साविकको विजेता भारतको समान ३ अंक छ । दुवै टोलीले अन्तिम चारमा स्थान बनाएका छन् । शुक्रबार भारतविरुद्धको खेलमा जित निकालेमा नेपाल समूह विजेता बन्नेछ ।

समूह ए बाट भने बंगलादेश लगातार दोस्रो जितसँगै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । यसअघि पहिलो खेलमा आयोजक श्रीलंकालाई ५-१ ले हराएको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई ४–० ले हरायो ।

शुक्रबार हुने श्रीलंका र माल्दिभ्सबीचको खेलले सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोलीको टुङगो लगाउनेछ । भुटान भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भुटान भारतसँग ३-० ले पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार