असार २६, २०८२ बिहिबार July 10, 2025

भारतमा फेरि बढ्यो कोरोना सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको  छैन ।

बुधबार मध्यरातसम्मको विवरणलाई समावेश गरेर कोरियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचनामा ७२ हजार पाँच छ सय ४६ जना नयाँ सङ्क्रमित थपिएका जनाइएको छ । मङ्गलबार मध्यरातसम्म कोरियामा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका थिए । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या दुई करोड ३८ लाख ६४ हजार पाँच सय ५० पुगेकाछ ।

बुधबार कोरोना सङ्क्रमणबाट ६४ जनाको मृत्यु भएको यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार तीन सय १३ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन ।

यसैबीच, भारतमा एकै दिनमा छ हजारभन्दा बढी कोरोनाबाट सङ्क्रमित भएका छन् । बुधबार मध्यरातसम्मको विवरणअनुसार छ हजार तीन सय ९५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । यो सँगै भारतमा चार करोड ४४ लाख ७८ हजार छ सय ३६ जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।

हाल भारतमा  ५० हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढेको छ । बुधबार सात हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या चार करोड ३९ लाख  दुई सय चार पुगेको छ ।  बुधबार कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा पाँच लाख २८ हजार ९० जनाले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । त्यउसयता दुई अर्ब १४ करोडभन्दा बढी मात्रा खोप लगाइसकिएको छ । त्यसैगरी ८८ करोड ७० लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

यसैबीच मलेसियामा बुधबार मध्यरातसम्म दुई हजार चार सय २८ जनामा कोभिड–१९ सङ्क्रममण पुष्टि भएको छ । बुधबार थपिएका नयँँ बिरामीसँगै देशभर चार करोड ७९ लाख सात हजार चार सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  बुधबार थप सात जनाको कोभिड लागेर मृत्यु भएको छ । हालसम्म कोरोना लागेर मलेसियामा ३६ हजार दुई सय ६२ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी, न्युजिल्यान्डमा एक हजार छ सय ५३ जना कोरोनाका सङ्क्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार