असार ३१, २०८२ मंगलबार July 15, 2025

बङ्गलादेशले पाकिस्तानलाई ६-० गोलको अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।

बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाइन् ।

त्यस्तै खेलको २८ औँ मिनेटमा शोप्नाले गोल गर्दा बङ्गलादेश २–० ले अघि रह्यो । त्यसपछि खेलको ३१ औँ मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाइन ।

यसैगरी खेलको ३५ औँ मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बङ्गलादेश ४–० ले अघि रह्यो । खेलको ५९ औँ मिनेटमा सबिनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

त्यसपछि खेलको ७७ औँ मिनेटमा रितुले गोल गर्दै बङ्गलादेशलाई ६–० को जित दिलाइन् । बङ्गलादेशको यो लगातार दोस्रो जित हो ।

यसअघि भएको पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० ले हराएको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३–० गोलको हार व्यहोरेको थियो ।

यस जितसँगै समूह ‘ए’ मा रहेको बङ्गलादेशले ६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तान दुई खेलमा अङ्क विहीन रहँदै पुछारमा रहेको छ ।

प्रतियोगिताअन्तर्गत नै आज हुने दोस्रो खेलमा समूह बी मा नै रहेको भारतले माल्दिभ्ससँग खेल्दै छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार