असार २६, २०८२ बिहिबार July 10, 2025

पेरुमा राजनीतिक अस्थिरता बढ्दो : १४ महिनामा चारजना विदेशमन्त्रीले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पद त्याग गर्ने चौथो विदेशमन्त्री हुन् । राजनीतिक अस्थिरताबाट  गुज्रिएको पेरुमा  विदेशमन्त्रीको राजीनामाले थप राजनीतिक अस्थिरता बढाएको छ ।

कास्टिलोको सरकारले सन् २०२१  जुलाईमा पदभार ग्रहण गरेदेखि  हालसम्म दुईवटा महाभियोग सामना गर्दै भ्रष्टाचारलगायत छवटा आपराधिक अनुसन्धानको सामना गरिरहेको  छ ।

गत महिना पूर्वप्रधानमन्त्री एनिबल टोरेस क्यास्टिलोको सरकारबाट राजीनामा दिने चौथो व्यक्ति थिए ।  त्यसपछि अन्य सात आन्तरिक मन्त्रीहरूले पदत्याग गरेका छन् ।

रोड्रिग्वेजले विदेश मन्त्रालयको ट्विटर सार्वजनिक गर्दे साझा गर्दै राजीनामा घोषणा गरेका थिए । स्थानीय  सञ्चारमाध्यमले भर्खरै  मन्त्री रोड्रिग्वेज र राष्ट्रपति कास्टिलो बीच विभिन्न मुद्दाहरूमा असहमति  रहेको सार्वजनिक गरेका थिए ।

वामपन्थी राष्ट्रपति कास्टिलो आफ्ना दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूबाट निरन्तर आलोचना र अफ्ठेरोमा परेका छन् ।

पेरुमा राजनीतिक अस्थिरताको अचम्मको शृङ्खला छ । सन् २०२० मा पाँच दिनमा तीनजना राष्ट्रपति  भएका थिए भने सन् २०१६ पछि पाँच राष्ट्रपति  चुनिएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार