असार २६, २०८२ बिहिबार July 10, 2025

पश्चिमी इन्डोनेसियामा भूकम्पको धक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ ।

जाकार्ता समयानुसार आइतबार ११ः१६ बजे सो भूकम्प गएको बताइएको छ ।  यस भूकम्पको केन्द्रबिन्दु प्यासिटान जिल्लाको ३ सय १६ किलोमिटर दक्षिणपश्चिममा दश किलोमिटर समुद्रको गहिराईमा रहेको सो एजेन्सीले जनाएको छ ।

भूकम्पपछि सम्भावित सुनामी कुनै चेतावनी भने दिइएको छैन । हालसम्म यस भूकम्पबाट भएको धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया