असार २६, २०८२ बिहिबार July 10, 2025

इमरान खान सवार विमान मध्य आकाशबाट फर्काएर आकस्मिक अवतरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार एक र्यालीलाई सम्बोधन गर्न विशेष विमानबाट गुजरानवाला जाने क्रममा खान सवार विमान मध्य आकाशबाट फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।

खराब मौसमका कारण खानको विमान उडेको केही समयपछि पुनः इस्लामावाद फर्किएको थियो । विमानमा प्राविधिक समस्या देखिएको डेली पाकिस्तानले जनाएको छ । तर, विमानमा प्राविधिक त्रुटि देखिएको भन्ने विवरण गलत भएको पीटीआई नेता खानले बताएका छन् ।

उक्त पत्रिकाका अनुसार विमान चालकले कन्ट्रोल टावरमा सम्पर्क गरेपछि सुरक्षित ढंगले विमान अवतरण गरेका थिए । आकस्मिक अवतरणपछि खान आफ्नो पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएका थिए ।

गुजरानवालाको ¥यालीमा बोल्दै अध्यक्ष खानले वर्तमान सरकारका कारण देशको अर्थतन्त्र खस्किएको आरोप लगाए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया