असार २६, २०८२ बिहिबार July 10, 2025

हङकङका पाँच जना ‘स्पिच थेरापिस्ट’लाई जेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘देशद्रोही’ पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँचजना ‘स्पिच थेरापिस्ट’लाई जेल सजाय सुनाइएको छ ।

बालबालिकासम्बन्धी ती पुस्तक लेख्ने पाँचै जना थेरापिस्टलाई १९ महिनाको जेल सजाय सुनाइएको हाे । भेडाहरुले आफ्नो गाउमा ब्वाँसाहरूलाई रोक्न खोजेको पुस्तकको विषयलाई अधिकारीहरूले हङकङ र बेइजिङ सरकारको सन्दर्भसँग जोडेका छन् ।

पुस्तकले मानिसहरूको दृष्टिकोणबाट इतिहासलाई क्रमबद्ध रूपमा तयार पारिएको लेखकहरूले तर्क गरेका छन् ।  तर,सरकारले छनोट गरेका न्यायाधीशले लेखेकले ‘ब्रेनवासको अभ्यास’ गरेको निस्कर्ष निकालेका छन् ।

पाँच जना ‘स्पीच थेरापिस्ट’ म्यान–लिङ, मेलोडी येउङ, सिडनी एनजी, स्यामुएल चान र फयलन्गले यसअघि नै  एक वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् ।

सन् २०२० देखि चीनले नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि नागरिक स्वतन्त्रतामाथिको दमनबीच चीनले सजाय सुनाएको हो ।

सहरलाई स्थिरततर्फ लैजान कानुन आवश्यक भएको बेइजिङले तर्क गर्दै आएको छ । तर, असन्तुष्टलाई दमन गर्न र हङकङको स्वायत्तलाई कमजोर पार्न उक्त कानुन आवश्यक रहेको बेइजिङले दाबी गर्दै आएको छ ।

हङकङ चीनको विशेष प्रशासकीय क्षेत्र हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया