काठमाडौंः आईफोन राम्रो कि एन्ड्रोइड भन्ने विवाद नौलो होइन । यी दवै फोनमा हुने अनेकन् फिचरले गर्दा मानिसहरू पक्ष- विपक्षमा उभिएका हुन्छन् ।
आईफोनमा हुने कतिपय फिचरहरू एन्ड्रोइडमा पाउन मुस्किल पर्छ भने एन्ड्रोइडमा उपलब्ध हुने कतिपय फिचर आईफोनमा पाउन सकिँदैन ।
हरेक वर्ष आईफोनको नयाँ सिरिज सार्वजनिक हुँदा अन्य सिरिज वा अन्य ब्रान्डभन्दा के कुरा भिन्नै छन् भन्ने प्रश्न आउने गर्छ । त्यसमा पनि एन्ड्रोइडभन्दा कुन फिचर विशेष छ भन्ने कुरा आउँछ ।
एप्पलले आफ्नो आईफोन अपरेटिङ सिस्ट (आईओएस) अन्य अपरेटिङ सिस्टमको तुलनामा भरपर्दो, प्रयोग गर्न सजिलो, सुरक्षित र आकर्षक छ भन्दै प्रयोगकर्ताको मन जितिरहेको हुन्छ ।
एप्पलले हरेक पटक नयाँ सिरिज सार्वजनिक गर्दा उक्त सिरिज एकदमै नयाँ फिचरले भरिपूर्ण भएको दाबी गर्दै आइरहेको छ । आज हामीले एप्पलमा नयाँ थपिएका, तर एन्ड्रोइडमा पहिले नै भएका फिचरका बारेमा चर्चा गरेका छौँ ।
म्यापमा मल्टिपल स्टप्स
मानौँ तपाईँ आफ्नो आईफोनमा भएको म्याप प्रयोग गरेर कतै नौलो ठाउँमा यात्रा गर्दै हुनुहुन्छ । यात्रा गरिरहँदा बीचमा कतै रोकिन पर्ने अवस्था आयो । वा भनौँ कतै बुकस्टोरमा रोकिन पर्यो ।
त्यस्तो अवस्थामा आफूलाई हराउनबाट जोगाउन तपाईँले तत्कालै म्यापमा नयाँ ठाउँ ‘एड’ गर्न सक्नुहुन्छ । तर, यो फिचर आईओएस १६ मात्र उपलब्ध हुनेछ । यो फिचर एन्ड्रोडमा भने सन् २०१७ बाटै प्रयोग हुँदै आइरहेको छ ।
ईमेललाई शेड्युअल, अनडु, रिमाइन्डर लेटर र फलोअप गर्ने विकल्प
आईओएस १६ बाट यदि तपाईँले कसैलाई ईमेल पठाउनुभयो र तपाईँलाई उक्त ईमेल तत्कालै गलत मान्छेलाई गएको आभास भयो । यस्तो अवस्थामा तपाईँले १० सेकेन्डभित्र उक्त ईमेल अनसेन्ड गर्न सक्नुहुन्छ ।
तपाईँ आईओएस १६ मा ईमेल शेड्युअल गर्न, रिमाइन्डरमा राख्न सकिने व्यवस्था रहेको छ ।
यो फिचर जीमेलमा सन् २०१८ बाट प्रयोग हुँदै आएको छ । जीमेलको वेब एपमार्फत ईमेल १०, २० वा ३० सेकेन्डसम्म अनसेन्ड गर्ने फिचर रहेको छ । त्यस्तै ईमेल शेड्युअलमा राख्ने वा ‘रिमाइन्ड लेटर’मा राक्ने फिचर सन् २०१८ बाट प्रयोग हुँदै आएको छ ।
एप्पल लाइभ क्याप्सन
आईओएस १६ ले लाइभ क्याप्सन थप गरेको छ, जसले वास्तविक समयमा भिडिओ, अडियो तथा कन्भरसेसनमा क्याप्सन राख्ने गर्छ ।
एन्ड्रोइडले भने सन् २०१९ बाट लाइभ क्याप्सन उपलब्ध गराउँदै आएको छ । अहिले एन्ड्रोइडमा लाइभ क्याप्सन थुप्रै भाषामा उपलब्ध छ ।
कीबोर्डमा शब्द सुझाव
कतिपय अवस्थामा हामीलाई आफूले आईफोनमा टाइप गरेका शब्द गलत भएको खण्डमा सुझावमा शुद्ध शब्द देखियो भन्ने लागेको हुन्छ ।
त्यस्तै आफूले दैनिक प्रयोग गरिरहने शब्द टाइप गर्दा सुझावका रूफमा कीबोर्डमा स्वतः आउँदा हाम्रो काम केही छिटो हुन पुग्छ ।
आईओएस १६ ले यस फिचरलाई सम्बोधन गरेको छ । अब आईफोन प्रयोगकर्ताले पनि एन्ड्रोइड जस्तै अटो करेक्सन, सजेस्टेड टेक्स्ट आदिको मजा लिन सक्नेछन् ।
शेयर्ड लाइब्रेरी
आईओएस १६ मा छिट्टै नै शेयर्ड फोटो लाइब्रेरीको विकल्प उपलब्ध हुनेछ । यसका माध्यमबाट प्रयोगकर्ताले आईक्लाउडमा भएका फोटोहरू कम्तीमा पाँच प्रयोगकर्तामाझ शेयर गर्न सक्नेछन् ।
यस फिचरलाई आईक्लाउड शेयर्ड फोटो नाम दिइएको छ । गुगल फोटोजमा भने यो सुविधा पहिले नै उपलब्ध थियो ।
अलवेज-अन डिस्प्ले
आईफोन १४ मा आएको सबैभन्दा आकर्षक फिचर नै अलवेज(अन डिस्प्ले हो । जुन आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा मात्र उपलब्ध छ ।
अलवेज-अन डिस्प्लेमा तपाईँले फोन लक भइसकेपछि पनि स्क्रिनमा टाइम, नोटिफिकेसन तथा विजेट देख्न सक्नुहुन्छ । यसले त्यति चार्जर खपत गर्दैन । एप्पलको सिरिज ५ स्मार्टवाचबाट यो फिचर प्रारम्भ भएको थियो । तर, एन्ड्रोड फोनमा भने यो फिचर आएको १० वर्षभन्दा बढी भइसेकेको छ ।
फोन फिटनेस एप
आफ्नो फिटनेस मापन गर्नका लागि एप्पल वाच चर्चित छ । यदि तपाईँसँग आईफोन छ । तर, स्मार्टवाच छैन भने एप्पलको आधिकारिक फिटनेस एप प्रयोग गर्न सकिन्थ्यो ।
अब भने एप्पल वाच नभए पनि आईफोनमा आधिकारिक फिटनेस एप प्रयोग गर्न सकिन्छ । गुगलको आधिकारिक फिटनेस एप भने केही प्रयोगकर्ताका लागि उपलब्ध हुँदै आएको छ । यसमा भएको फिटनेस एप प्रयोग गर्न कतिपय ब्रान्डलाई स्मार्टवाच आवश्यक पर्छ भने कतिपयमा आवश्यक पर्दैन ।
क्रयाश डिटेक्सन
एप्पलले आईफोन १४ लाई उपलब्ध गराएको सबैभन्दा बढी आकर्षक फिचर भनेको क्याश डिटेक्सन फिचर हो ।
यदि प्रयोगकर्ता कतै हराए वा दुर्घटनामा परे भने फोनले स्वतः इमेरजेन्सीमा नम्बर डायल गरेर सहयोगका लागि आह्वान गर्छ । क्रयाश डिटेक्सन फिचर आईफोन १४ र एप्पल सिरिज ८ का डिभाइसका लागि उपलब्ध छ ।
पिक्सेल फोन यो फिचर पहिलेबाटै उपलब्ध हुँदै आएको थियो । गुगलले आफ्नो फोनमा यो फिचर सन २०१९ मा थपेको थियो । टेकपाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया