काठमाडौंः त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह सूचना प्रविधि बिआईटी विषयमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको छ ।
शैक्षिक सत्र २०७९ को आंगिक क्याम्पसहरुमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडीङ सिस्टम अनुसार पठनपाठन हुने विज्ञान तर्फ बिआईटीमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो ।
बिआईटी अध्ययनका लागि इच्छुक विद्याथीहरुले प्रवेश परीक्षा तथा नयाँ भर्नाका लागि भदौ २७ गतेदेखि कार्तिक १५ गतेसम्म र दोब्बर दस्तुरमा कार्तिक २१ गतेसम्म आवेदन फारम अनलाईन मार्फत बुझाउन सक्ने जनाएको छ । खबरएजुकेशन
प्रतिक्रिया