असार २६, २०८२ बिहिबार July 10, 2025

आइएसको आक्रमणबाट छ जना नागरिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिरियाको हासकाह प्रान्तमा आइएसको आक्रमणमा परी कम्तीमा पनि छ जना नागरिकको ज्यान गएको छ । यहाँको हासकाह प्रान्तमा आइतबार सडकमा सवारी साधनमा रहेका नागरिकमाथि हमला गरेर ती व्यक्तिको ज्यान लिएका हुन् ।

आइएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई एम्बुसमा पारेर हत्या गरेका हुन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने आझै खुलेको छैन ।

पछिल्लो समयमा आइएस आतङ्ककारीहरुले सडकमै एम्बुस थापेर व्यक्ति हत्या गर्ने गरेका छन् ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आइएसहरुले सन् २०२२ शुरुबाट हालसम्म एक सय ३० वटा एम्बुस आक्रमण गरेका थिए । ती आक्रमणहरुमा परेर एक सय भन्दा बढी सर्वसाधारण मारिएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया