असार २६, २०८२ बिहिबार July 10, 2025

आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, कम्तीमा १०० सैनिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आर्मेनिया र अजरबैजानबीच  भएको भिडन्तमा दुबैतर्फ गरी झण्डै १०० सैनिकको मृत्यु भएको भएको छ ।

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको झडपमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन् । त्यस्तै, अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकको पनि मृत्यु भएको बताएको छ ।

छिमेकी दुई राष्ट्रहरूले दुईवटा युद्ध लडेका छन् र तीन दशकमा नियमित रूपमा साना झडपहरू देखेका छन् । मंगलबार रसियाले पछिल्लो अशान्तिका लागि युद्धविरामको मध्यस्थता गरेको बताएको छ ।

नागोर्नो–काराबाख क्षेत्र दुई देशको विवादको केन्द्रबिन्दु हो । यो, अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमाना अनुसार अजरबैजानको एक भाग हो ।

आर्मेनिया बहुसंख्यक–क्रिस्चियन देश हो भने अजरबैजानमा मुसलमानको बाहुल्यता छ । सन् १९९१ को अन्त्यमा सोभियत संघको विघटनअघि दुवै देश सोभियत संघको हिस्सा थिए। – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया