असार २६, २०८२ बिहिबार July 10, 2025

पुटिन गुटरेसबीच खाद्यान्न निकासीसम्बन्धी फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । सो वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

ब्ल्याक सि बन्दरगाहको बाटो भएर युक्रेनी खाद्यान्न निकासी गर्ने विषयमा उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ । त्यसैगरी रसियाली खाद्यान्न तथा रासायनिक मलको निकासीका विषयमा पनि सो फोनमा कुराकानी भएको बताइएको छ ।

त्यस अवसरमा महासचिव गुटरेस र रुसी राष्ट्रपति पुटिनकाबीचका रुस युक्रेन पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले रुसी कृषि उपजका साथै रुसी विकासी मल र खाद्यान्न आदिको विदेशी बजारमा आपूर्तिका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गर्नुभएको थियो ।

यसका लागि आफूले सक्दो प्रयास गर्ने र रुसी खाद्यान्न तथा रासायनिक मल विश्व बजारमा निर्यातका लागि आफूले सहजीकरण गर्ने महासचिव गुटरेसले बताउनुभएको थियो । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया