काठमाण्डौंः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो ।
बुधबार उहाँले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गर्नुभएको हो ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा बुधबार महासचिव गुटरेसले विश्व समुदायलाई नै सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।
उहाँले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसङ्घले केही कार्यक्रमहरु बनाएको र त्यसका लागि यस वर्षमात्र कम्तीमा पनि चार करोड ४० लाख अमेरिकी डलर रकम चाहिएको बताउनुभयो ।
सो रकम सिरियाली नागरिकको जीवन बचाउनका लागि अत्यावश्यक पर्ने मानवीय सहयाताका लागि मात्र आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।
साथै उहाँले यसबाहेक पनि सिरियामा बाहिरबाट आएका शरणार्थी तथा सिरियाबाट भागेर बाहिरिएका शरणार्थीहरुका लागि पनि थप ६.१ मिलियन डलर आवश्यक रहेको उहाँले बताउनुभयो ।
यो सबै गरेर सन् २०२२ का लागि मात्र सिरियाका लागि एक करोड ५० अमेरिकी डलर आवश्यक रहेको जानकारी दिनुभयो ।
विगत लामो समयदेखिको आन्तरिक विद्रोह तथा यहाँ परेको खडेरी आदि कारणले गर्दा सिरियाको आर्थिक अवस्था निकै नाजुक रहेको र यहाँका बालबालिका समेत कुपोषणको शिकार हुदै गएका बताउँदै उहाँले यस्तो अवस्थामा सिरियाका लागि विशेषतः मानवीय सहयता चाहिएको पनि सो बैठकमा जनाउनुभयो । रासस/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया