असार ३०, २०८२ सोमबार July 14, 2025

सामूहिक विद्यालय परिवारको विद्यार्थीहरूबीच मेमोरी खेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सामूहिक विद्यालय परिवार रुपन्देहीले मेमोरी खेलको आयोजना गरेको छ । कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीलाई ४० ओटा फरक-फरक वस्तुहरू राखेर पहिचान गर्न लगाउने खेल गरेको हो ।

शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा सामूहिक विद्यालय परिवार रुपन्देहीका १७ विद्यालयका १७ छात्र र १७ छात्रा गरी ३४ जना विद्यार्थी कार्यक्रममा सहभागी थिए । छात्र र छात्रा गरेर भएको कार्यक्रममा छात्र तर्फ मनकामना बोर्डिङ हाइ स्कुलका अबसोज खान प्रथम, सनसाइट बोर्डिङ स्कुलका अनीश चौधरी दोस्रो, लुम्बिनी शिक्षा निकेतका शाहिल खान तेस्रो र युनिकहोम स्कुलका आयुसेक घर्ती सान्त्वना भएका थिए ।

त्यस्तै छात्रा तर्फ स्पाङगल बोर्डिङ स्कुलकी प्रतीक्षा कुर्मी प्रथम, मिनर्हवा हाइ स्कुलकी लिजा गुरुङ दोस्रो, मनकामना हाइ स्कुलकी सरिना क्षेत्री तेस्रो र एभ्रेष्ट मोर्डन स्कुलकी प्रिङ्का जैसवाल सान्त्वना भएकी थिइन् ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष उज्ज्वल पोखरेलले विद्यार्थीको अतिरिक्त सिकाइको लागि सामूहिक विद्यालय परिवारले कार्यक्रम गरेको बताउँदै विद्यार्थीको चौतर्फी विकासका लागि निरन्तर रूपमा विद्यालय लाग्न आग्रह गरे । मानिसको सर्ट मेमोरी र लङ मेमोरी मध्ये सामूहिक विद्यालय परिवारले आयोजना गरेको मेमोरी गेम सर्ट मेमोरी भएको बताउँदै विद्यार्थीहरू हरेक क्रियाकलापमा सक्रिय हुनु पर्ने सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष उदयकुमार मल्लिकले बताए ।

मानिसको स्मरण शक्ति भएकोले सर्वश्रेष्ठ प्राणी भएको बताउँदै विद्यार्थीले लगनशील भएर अध्ययन गर्नु पने सामूहिक विद्यालय परिवार रुपन्देहीका पूर्व अध्यक्ष राजकुमार गुरुङले बताए । सामूहिक विद्यालय परिवार रुपन्देहीका १८ विद्यालय मध्ये १७ विद्यालयले कार्यक्रममा सहभागिता जनाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार