काठमाडौंः सरकारले भोलि राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषद बैठकले भोलि राती १२ बजेपछि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको पत्र राष्ट्रपति कार्यालयलाई प्राप्त भएको राष्ट्रपति कार्यालयका संचारविद् टिका ढकालले जानाकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया