असार २६, २०८२ बिहिबार July 10, 2025

इजरायली हमलामा पाँच सिरियाली सैनिक मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

सिरियाली वायु प्रतिरक्षाले आक्रमणलाई रोकेको छ र धेरैजसो क्षेप्यास्त्रहरू खसाल्न सफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा  विमानस्थल सञ्चालनमा असर गरे नगरेको विषयमा तत्काल पुष्टि भएको छैन ।

सिरिया र लेबनानका सहयोगीहरूलाई हतियार पु¥याउन तेहरानको हवाई आपूर्ति लाइनको बढ्दो प्रयोगमा बाधा पु¥याउन इजरायलले सिरियाली विमानस्थलमा आक्रमणलाई तीव्र पारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया