काठमाण्डौंः मध्यलन्डनमा शुक्रबार बिहान दुई प्रहरी अधिकारीहरूलाई एक व्यक्तिले छुरा प्रहार गरेका छन् । आक्रमणकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ ।
लेस्टर स्क्वायर वरपरको नाइटलाइफ क्षेत्रमा उक्त हमला भएको हो । घाइते प्रहरी अधिकारीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि आम बेलायती शोकाकुल भइरहेका बेला पछिल्लो घटना भएको छ ।
यसैबीच, दिवंगत एलिजाबेथको अन्तिम संस्कार सेप्टम्बर १९ मा हुँदै छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया