वैशाख ८, २०८१ शनिबार April 20, 2024

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनाेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ वटा सामुदायिक विद्यालय छनाेट भएका छन् । विद्यालयको स्तरोन्नती गर्न सरकारले ल्याएको कार्यक्रम अन्तर्गत जिल्लाका ७ स्थानीय तहका यी विद्यालय विभिन्न कार्यक्रमका लागि छनाेट भएका हुन् ।

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमअन्तर्गत जिल्लाको बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिका ६/६ वटा विद्यालय छनाेट भएका छन् । त्यसैगरी मध्यनेपाल, सुन्दरबजार र राईनास नगरपालिकाअन्तर्गत पाँच/पाँच वटा विद्यालय छनाेटमा परेका छन् भने मस्र्याङदी र दूधपोखरी गाउँपालिकाअन्तर्गत दुई/दुईवटा विद्यालय छनाेटमा परेका छन् । क्होलासोथाँरको कुनै पनि विद्यालय यस बर्ष छनाेटमा परेको छैन ।

कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणका लागि आठवटा विद्यालय छनाेट भएका छन् । सो बाहेक दुई कोठे भवन निर्माणका लागि नौ वटा र आइसिटी स्थापनाका लागि १४ वटा विद्यालय छनाेट भएका छन् ।

छनाेट भएका विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि प्रति विद्यालय ५० लाख अनुदान पाउने भएका छन् । सो बाहेक दुई कोठे भवन निर्माणका लागि प्रति विद्यालय २५ लाख र आइसिटी स्थापनाका लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।

चालु वर्ष आइसिटी कार्यक्रमका लागि मात्रै १४ विद्यालय छनाेट भएका छन् ।
त्यसैगरी चारकोठे भवन निर्माणका लागि दोर्दीमा दुई, बेसीशहरमा एक, राईनासमा एक, मस्र्याङदीमा एक, सुन्दर बजारमा एक र मध्यनेपालमा एक विद्यालय छनाेट भएका छन् । दुई कोठे भवन निर्माणका लागि भने मध्यनेपालमा एक, सुन्दर बजारमा एक, मस्र्याङदीमा एक, राईनासमा एक, दोर्दीमा दुई र बेसीशहरमा तीनवटा विद्यालय छनाेट भएका छन् ।

जिल्लामा छनाेट भएका विद्यालयअनुसार कार्यक्रमका लागि यस वर्ष कुल सात करोड १६ लाख रुपियाँ अनुदान आउने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया