काठमाण्डौंः नेपाल टेलिकमले संविधान दिवसको अवसरमा संविधान दिवस अफर ल्याएको छ ।
टेलिकमले आफ्ना ग्राहकहरुका लागि ल्याएको अफरअनुसार ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
त्यस्तै, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यस अफरमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २९४ मा खरिद गर्न सकिने व्यवस्था रहेको छ । सो अफरहरु आज असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया