काठमाण्डौं विश्वविद्यालयको रजिस्ट्रारमा प्राध्यापक वाग्ले नियुक्त

काठमाण्डौं विश्वविद्यालयको रजिस्ट्रारमा प्राध्यापक वाग्ले नियुक्त

काठमाण्डौः काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक अच्युत वाग्ले नियुक्त भएका छन् ।

काठमाडौ विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा उनको नियुक्ति भएको हो । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेका हुन् ।

वाग्ले यसअघि काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) मा एसोसिएट डिन थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका छन् ।

उनले भारतको प्रतिष्ठित शैक्षिक संस्था इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन् ।

Leave a Reply