काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरमा लगिएको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई यो जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए ।
१२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको आज काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो।
पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि गत कात्तिक १४ गतेदेखि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराइरहेका छन्।
हालै ६९औं जन्मोत्सव मनाएका प्रधानमन्त्री ओलीको उच्च मनोबल देखेर चिकित्सकसमेत चकित परेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया