असार ३२, २०८२ बुधबार July 16, 2025

शुक्रबार भारत अस्ट्रेलियासँग भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारत भ्रमणमा रहेको अस्ट्रेलियाले तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा शुक्रबार नागपुरमा घरेलु टोलिविरुद्ध प्रतिस्पर्धा गर्दै छ।

पहिलो खेलमा २०९ रनको उच्च स्कोर चेज गर्दै ४ विकेटको जित निकालेको अस्ट्रेलिया लगातार दोस्रो खेलमा जित निकाल्दै सिरिज एक खेल अगावै जित्ने लक्ष्यमा रहेको छ ।

घरेलु टोली भारत भने सिरिजमा रहिरहनका लगि अस्ट्रेलियालाई नागपुरमा पराजित गर्ने लक्ष्यमा रहेको छ। पछिल्लो पाँच वर्षमा भारतले अस्ट्रेलियालाई घरेलु मैदानमा हराउन सकेको छैन। पछिल्लो पटक २०१७ मा अस्ट्रेलिया भारतीय भूमिमा पराजित भएको थियो।

त्यसोत नागपुरमा टसको अर्थपनि महत्वपुर्ण हुने गर्छ। नागपुरमा भएका १२ मध्ये ९ टी-२० अन्तर्राष्ट्रियमा पहिले ब्याटिङ गर्ने टिमले जितेको छ।

शुक्रबारको खेलमा वर्षा बाधक हुने खतरापनि रहेको छ। समग्रमा अस्ट्रेलिया र भारतबीचको खेलमा घरेलु टिमका लागि यो खेल निर्णायक मानिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया