असार २६, २०८२ बिहिबार July 10, 2025

आंशिक सेना परिचालनपछि देश छोड्न बाध्य रूसी नागरिकलाई जर्मनीले स्वागत गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जर्मनीका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रूसबाट पलायन भएको समाचार आइरहेको छ ।

जर्मनीले रूसी नागरिकहरूलाई आफ्नो देशमा शरण दिन जर्मनीका अधिकारीहरूले बिहीबार सङ्केत गरेका छन् ।

“गम्भीर दमनको खतरामा परेका रूसी जनताले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरूले जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्,” गृहमन्त्री न्यान्सी फेसरले फ्रैंकफर्टर अल्गेमाइन जेइटुङ पत्रिकासँगको अन्तवार्तामा बताउनुभएको छ ।

न्यायमन्त्री मार्को बुशम्यानले ‘आंशिक परिचालन’लाई सङ्केत गर्दै ट्वीट गर्दै भन्नुभएको छ, “धेरै रूसी नागरिकले आफ्नो मातृभूमि छोड्दैछन् । पुटिनको बाटोलाई घृणा गर्ने र उदार लोकतन्त्रलाई माया गर्ने जो कोहीलाई जर्मनीमा स्वागत छ ।”

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गर्नुभएको थियोे ।

युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको दावी छ ।

मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र रूसी नागरिकको सुरक्षालाई ध्यान दिँदै आंशिक रूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर गरेको उहाँले बुधबारको सम्बोधनमा भन्नुभएको थियो ।

उहाँका अनुसार देशमा आंशिक रूपमा सेना परिचालनको प्रस्ताव रूसी रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार