श्रावण ६, २०८२ मंगलबार July 22, 2025

इसेवा मनि ट्रान्सफरको नयाँ अभियान, विदेशबाट पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्थापना कालको छोटो समयमै, वैधानिक, सुरक्षित र डिजिटल माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नेपालमा रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ ।

असोज ७ गतेबाट सुरु भएर फाल्गुन ६ सम्म जारि रहने यो अभियान परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोवारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ सुरु गरिएको हो ।

यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो जनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउनका लागि पनि ६ महिने अभियान सुरू गरिएको कम्पनीले जनाएको छ ।

‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहनु भएका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाख भन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्ने छन् ।

साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोहीले पनि सहभागिता जनाउन सक्ने छन् ।

यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म डेढ लाख बराबरको आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्न सक्ने छन् ।

अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै इसेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्याउन अपिल गर्दै विश्वभर भएका नेपालीहरुलाई देश डिजिटल बनाउने अभियानमा जोड्न अभियान सुरू गरेको बताए ।

‘आर्थिक विकास बिना कुनैपनि राष्ट्र समुन्नत बन्न सक्दैन र आर्थिक विकासका लागि देश भित्र र बाहिर रहेका सबै नेपालीको योगदान उत्तिकै महत्वपुर्ण छ,’ उनले भने, ‘रेमिट्यान्स नेपाली अर्थतन्त्रकै महत्त्वपूर्ण हिस्सा रहेको हुनाले विदेशबाट पैसा पठाउने नेपालीको देश विकासमा भूमिका अतुलनिय हुन जान्छ ।’

इसेवा मनी ट्रान्सफर स्थापना कालदेखि नै रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क कम गर्दै डिजिटल करोबारका लागि समर्पित रहिआएको जानकारी दिए ।

त्यस्तै ईसेवा मनी ट्रान्सफरका ब्राण्ड एमबास्डर महानायक राजेश हमालले यस अभियानसँग जोडिएर इसेवा मनी ट्रान्सफरसंगै देश तथा विदेशमा गइ डिजिटल रेमिट्यान्स सम्बन्धि जागरुकता जनाउने कार्यक्रममा सहभागिता जनाउनु सक्ने बताए ।

अभियान बारे इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागि हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउने बताए ।

‘रेमिट्यान्स पठाई नेपालको जीडीपीमा २२ प्रतिशत भन्दा बढी आर्थिक योगदान दिनुहुने ति समस्त सहयोगी हातको सम्मानमा पनि यो अभियान केन्द्रीत हुने छ,’ उनी भन्छन्, ‘विश्वका विभिन्न देशबाट नेपालमा पैशा पठाएर देशलाई यतिठूलो आर्थिक योगदान पुर्याउनु हुने ति सहयोगी हातहरु मध्ये केहि लाई ६ महिने यस अभियानका दौरान हामी विशेष रुपमा सम्मान गर्नेछौं ।’-आईसिटीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार