असार २६, २०८२ बिहिबार July 10, 2025

आप्रवासी चढेको डुङ्गा डुब्दा सिरियामा चौँतीसको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ ।

ज्यान जानेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

लेबनानबाट आएको सो डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि एक सय ५० जना जति आप्रबासी लिएर सो डुङ्गा साइप्रसका लागि हिँडेको बताएको छ ।

डुङ्गामा क्षमता भन्दा धेरै मानिसहरु चढेका कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तर उक्त डुङ्गा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उद्धार गरिएका व्यक्तिहरुले जनाएका छन् । सो डुङ्गामा लेबनान, सिरिया र अरु अज्ञात नागरिकहरु पनि रहेका बताइएको छ ।

त्यस डुङ्गामा परेर हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ । खोजीका लागि हेलिकोप्टर र यहाँका स्थानीय मछुवाहरुलाई प्रयोग गरिएको पनि समाचारमा जनाइएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार