असार ३२, २०८२ बुधबार July 16, 2025

पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इंग्ल्यान्डले सात टी-२० आई खेलमा २-१ को अग्रता बनाएको छ ।

२ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो ।  पाकिस्तानका  शान मसुदले सर्वाधिक ६६ रन बनाए । यस्तै, खुसदिल शाहले २९ रनको योगदान गरे । इंग्ल्यान्डका मार्क उडले ३विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनायो । उसका बेन डुकेटले ७० तथा  ह्यारी ब्रुक्सले ८१ रन बनाए । यस्तै, विल ज्याक्सले ४० रनको योगदान गरे । पाकिस्तानका  उस्मान कादिरले २ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया