श्रावण ६, २०८२ मंगलबार July 22, 2025

टेलिकमको दशैँ अफर: २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज बोनस अफर ल्याएको छ । असोज ९ गतेदेखि २३ गतेसम्म लागू हुनेगरी टेलिकमले विभिन्न बोनस तथा अफर ल्याएको हो ।

डाटा प्याक अन्तर्गत  २ सय ९४  रुपैयाँ मा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएकाे छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध हुनेछ ।  २ सय रुपैयाँ देखि  ४ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र ५ सय रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टेसेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २ सय  मिनेटको निशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको छ ।

यी प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने तथा नेपाल टेलिकम एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार