काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुनले गीत, संगीत तथा साहित्यका विविध माध्यमबाट देशको संस्कृतिलाई स्थापित गर्न आवश्यक रहेको बताएका छन् । आइतबार एएमएस नेशनल होनर एण्ड अवार्ड २०७९ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण र भाषा, साहित्य कला र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै सांस्कृतिक माध्यमबाट विश्वमा नेपालको पहिचान दिनसक्नुपर्ने बताए ।
उनले मानिस भाषा, संस्कृति र संस्कारबाट अलग हुन नसक्ने भन्दै देशको पहिचान जोगाइराख्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न, देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न, तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न भाषा, संस्कार, संस्कृतिको संरक्षण र संवद्र्धन अनिवार्य रहेको उल्लेख गरे ।
उनले भने, ‘हाम्रो देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण छ । भाषा, साहित्य कला र संस्कृतिले समृद्ध छ । हाम्रो मौलिक संस्कृति विश्वमा नेपालको प्रमुख पहिचान तथा चिनारी बनेको छ । गीत, संगीत तथा साहित्यका विविध माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई स्थापित गर्ने प्रयास गरिरहेका छौँ । मानिस आफैँमा सांस्कृतिक प्राणी हो । भाषा, संस्कार, संस्कृति हाम्रो प्राण हो ।’
उनले थपे, ‘एउटा उन्नत चेतनाको उपज पनि हो । उन्नत चेतनाले सधैँ आफ्नो माटोमा फलेको फुलेको भाषा,संस्कार, संस्कृतिको जगेर्नाको समृद्धिमा ध्यान दिन्छ । हामी मानिस हाम्रो भाषा, संस्कृति र संस्कारबाट अलग हुन सक्दैनाँै । हामीले देशको पहिचान जोगाइ राख्न राष्ट्रिय एकतालाई सुदृढ गर्न देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न, तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न हाम्रो भाषा, संसकार, संस्कृतिको संरक्षण र संवद्र्धन अनिवार्य छ ।’
त्यस्तै उपराष्ट्रपति पुनले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण रहेकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया