श्रावण ६, २०८२ मंगलबार July 22, 2025

रियलमीको चाडबाड अफर, मोबाइल खरिदमा वासिङ मसिनदेखि टिभीसम्मका उपहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : चिनियाँ प्रविधि कम्पनी रियलमीले नजिकिँदै गएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘उत्सवको बहार, हरेक दिन उपहार’ नामक योजना ल्याएको छ । सोमबारदेखि सुरु हुने यो अफरमा ग्राहकले स्मार्टफोन, टिभी, वाशिङ मसिन लगायतका आकर्षक उपहार जित्न सक्ने छन् ।

यो योजना अन्तर्गत असोज १० गते अर्थात सोमबारदेखि कात्तिक १४ सम्म हरेक दिन चार जना, हरेक हप्ता दुई जना र बम्पर उपहारका लागि तीन जना विजेता छनौट हुनेछन् । यस योजनामा सहभागी हुन कम्पनीको वेबसाइट realmecampaigns.com मा गएर आफ्नो नाम, फोन नम्बर, आफूले खरिद गरेको स्मार्टफोनको आईएमईआई नम्बर र मोडेल नम्बर जस्ता विवरणहरू खुलाएर दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ ।

 दर्ता भएका मध्येबाट लक्की ड्रमार्फत बिजेता छानिनेछन् । जसमध्ये हरेक हप्ता दुई जनाले रियलमी सी ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने तीन जनाले बम्पर उपहार स्वरूप रियलमी नाइन, वाशिङ मसिन र ६५ इन्चको फोरके टिभी जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

‘रियलमी सँधै नवीनतम प्रविधिहरू ल्याउन अग्रसर छ र यसलाई प्रयोगकर्ताले पनि मन पराउनु भएको छ,’ रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरिले भने, ‘प्रयोगकर्ताको यो माया र साथको लागि हाम्रा उपभोक्ताहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै दशैंको अवसरमा विषेश उपहारहरू दिने योजनाका साथ यो अफर ल्याएका छौँ ।’

यो अफर असोज १० गतेदेखि कात्तिक १४ सम्म खरिद गरिएका सी सिरिज, नार्जो सिरिज, नम्बर सिरिज, इनोभेटिभ जीटी सिरीज लगायतका सबै रियलमी स्मार्टफोनको हकमा लागू हुने कम्पनीले जनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार