असार २९, २०८२ आइतबार July 13, 2025

राप्रपाको सहअध्यक्ष बन्न रवीन्द्र मिश्रले छाडे विवेकशील साझा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन्।

सोमबार मिश्रले विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र लेख्दै आफूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको बताएका हुन्।

उनले सोमबार राति करिब ९ बजेतिर सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्ष समक्ष राजीनामा पत्र पेस गरेको जानकारी दिएका छन्।

नरम संवर्द्धनवादी राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुविकरण गर्ने आफ्नो प्रयासले सार्थकता पाउन लागेको उनले बताएका छन् ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले विवेकशील साझाको एउटा घटकसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको थियो । पूर्वअध्यक्ष रवीन्द्र मिश्रको समूहसँग लामो समयदेखिको छलफललाई राप्रपाले टुंगोमा पुर्‍याएको हो ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउँदै पार्टीमा स्वागत गर्ने निर्णय गरेको छ। सम्भवतः भोलि नै दुई पक्षबीच सम्झौता हुने छ ।

यसअघि मिश्रलाई अध्यक्षभन्दा दोस्रो वरियतामा रहने गरी सहअध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो । तर, राप्रपाभित्र त्यसमा सहमति हुन सकेन । अहिले वरिष्ठ उपाध्यक्ष बनाउन भने सबैजना तयार भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया