असार २९, २०८२ आइतबार July 13, 2025

विगतका कमीकमजोरी सच्याएर गठबन्धन अगाडि बढ्नुपर्छ : नेता खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचनमा गठबन्धन अगाडि बढनुपर्ने बताउनुभएको छ ।

इलामको सूर्योदय नगरपालिकामा नेकपा एस निकट अखिल नेपाल किसान महासङ्घको भेलालाई सम्बोधन गर्नुहुँदै नेता खनालले विगतको स्थानीय तह निर्वाचनका कमीकमजोरीलाई पाठको रुपमा लिएर आगामी निर्वाचनमा गठबन्धन अगाडि बढ्नुपर्ने बताउनुभएकाे हो ।

केन्द्रीय तहमा गठबन्धनलाई दृढतापूर्वक लिएर अघि बढ्ने सहमति भएको नेता खनालको भनाइ छ ।

‘‘अहिले सङ्घीय क्षेत्रका १६५ निर्वाचन क्षेत्रमा छलफल गरिरहेका छौं । ७० प्रतिशतभन्दा बढी सिटमा तालमेल करिब करिब भइसकेको छ,’’ नेता खनालले भन्नुभयो ।

बाँकी सिटमा छलफल जारी रहेको बताउनुहुँदै उहाँले २/३ दिनभित्रमा सिट बाँडफाँटको काम सबै  टुङ्गोमा पुग्ने बताउनुभयो । नेता खनालले भन्नुभयो, ‘‘स्थानीय निर्वाचनमा भएका कमीकमजोरीलाई सुधारेर गठबन्धनलाई बलियो बनाउन सबै लाग्नुपर्छ ।’’

अखिल नेपाल किसान महासङ्घ प्रदेश नम्बर १ को मेची उपाध्यक्ष तारा नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एसका केन्दीय सदस्य प्रदेश नम्बर १ का संस्कृति तथा पर्यटन मन्त्री खिनु लङवा लिम्बुलगायतको सहभागिता थियो । भेलाले शिवकुमार बस्नेतको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमटी गठन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया