काठमाडौंः आगामी निर्वाचन लक्षित नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकमा पार्टीका प्रवक्ता प्रकाशशरण महत मनोनित भएका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को केन्द्रीय प्रचार प्रसार समितिको संयोजकमा महतलाई मनोनित गरेका हुन् ।
महत पार्टीका प्रवक्तासमेत हुन् । मंगलबार सभापति देउवाले नेता महतलाई पार्टीको चुनाव प्रचार समितिको संयोजकमा मनोनित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया