असार २६, २०८२ बिहिबार July 10, 2025

इरानमा प्रदर्शनः कम्तीमा ७६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर)ले जनाएको छ । यद्यपि, सरकारी सञ्चार माध्यमहरुले उक्त झडपमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेका छन् ।

आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० जना पत्रकार पनि छन् ।

हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यसैबीच, महिलाहरुले लगातार १२औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया