असार २७, २०८२ शुक्रबार July 11, 2025

साउदी अरेबियाको प्रधानमन्त्रीमा युवरज मोहम्मद बिन सलमान नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साउदी अरेबियाको राजनीतिमा शक्तिशाली पकड रहेका युवराज मोहम्मद बिन सलमानलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।

प्रधानमन्त्रीको पद परम्परागत रूपमा राजाको हो । तर, राजाले युवराज बिन सलमानलाई मंगलबार नियुक्त गरेका हुन् । सञ्चार माध्यममा एमबीएसका रुपमा परिचित युवराज ले यसअघि राजा सलमानको नेतृत्वमा उपप्रधानमन्त्री र रक्षामन्त्रीको रुपमा काम गरिसकेका छन् ।

उनको स्थानमा उनका कान्छा भाइ खालिद बिन सलमान रक्षा मन्त्री बनेका छन् । यसअघि उनी उपरक्षा मन्त्री थिए ।

आधिकारिक साउदी प्रेस एजेन्सीद्वारा प्रकाशित राजा सलमानको शाही आदेशअनुसार, गृह, विदेश र ऊर्जा सहित अन्य महत्वपूर्ण मन्त्रालयका जिम्मवारी सम्हालेका सलमान गत महिना ३७ वर्ष पुगे । सन् २०१७ देखि उनी राजाको रूपमा आफ्नो बुबाको उत्तराधिकारी हुने पहिलो लाइनमा छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया