श्रावण ६, २०८२ मंगलबार July 22, 2025

५० मेगापिक्सेल क्यामेरा भएको ‘ओप्पो ए१७’ बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्ला केही हप्तामा धेरै विवरण बाहिरिसकेको स्मार्टफोन ओप्पो ए१७ अन्तत: सार्वजनिक भएको छ ।

मिडियाटेक चिपसेट, डुअल क्यामेरा, राम्रो ब्याट्री क्षमता लगायत फिचरसहित यो फोन हाल मलेसिया र सिंगापुरको बजारका लागि सार्वजनिक भएको छ । फोनमा ६० हर्ज रिफ्रेस रेटसहित ६.५६ इन्चको डिस्प्ले उपलब्ध छ । त्यस्तै ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

मिडियाटेक हेलियो जी३५ चिपसेट भएको यो फोन ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । त्यस्तै फोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ । फोनको अर्को विशेषता भनेको यसको पछाडिको भाग हो ।

फोनको पछाडिको कभर लेदरको रहेको छ । यसले गर्दा फोन कोरिने लगायत अन्य समस्याबाट जोगिने बताइएको छ ।

लेक ब्लु र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो फोनको मूल्य १३० डलर (करिब १८ हजार रुपैयाँ) तोकिएको छ । मलेसियाको बजारमा फोनको बिक्री सुरु भइसकेको ५ भने सिङ्गापुरमा फोनको प्रि-बुकिङ सुरु भइसकेको छ ।

३०० डलरभन्दा कम मूल्य भएका कारण नेपालमा पनि यो फोन चाँडै नै आउने अनुमान छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार