वैशाख ६, २०८१ बिहिबार April 18, 2024

सबै विद्यालयमा दसैँ बिदाबाहेक सूचना अधिकारी तोक्न वीरगञ्ज महानगरको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साले यही असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा विद्यालयमा सूचना माग्दा सूचना नपाएको अभिभावकको गुनासो आएको उल्लेख गरेकाले महानगरपालिकाले आज सूचना जारी गर्दै दसैँ बिदाबाहेक सात दिनभित्रमा हरेक विद्यालयमा एक सूचना अधिकारी तोक्न विद्यालयलाई निर्देशन दिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया