असार २९, २०८२ आइतबार July 13, 2025

कांग्रेस सिध्याउने अधिकार कसैलाई छैन : भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताउनुभएको छ। कांग्रेस बनाउन हरेकको त्याग र समर्पणसँगै रगत प्रयोग भइरहेको भन्दै उहाँले कांग्रेसको बिऊँ बाँच्नुपर्ने धारणा राख्नुभयोे।

छत्रकोट रुपन्देही सम्पर्क समितिद्वारा बुटवलमा आयोजित बडादशैं, दीपावली, छठ, नेपालसम्बत लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले मंसिर ४ गते नेतृत्व छनोट गर्न र नेता छान्नेबेला जनताले प्रश्न गरेर मात्रै भोट हाल्नुपर्ने बताउनुभयो। कांग्रेस नेतृत्वलाई बेलैमा खबरदारी गर्न पार्टी कार्यकर्तालाइ समेत उहाँले आग्रह गर्नुभयो।

नेता भण्डारीले अहिले समानुपातिकको नाममा चरम भागबण्डा र परिवारवाद लादिएको भन्दै त्यो स्वीकार्य नहुने बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया