असार ३०, २०८२ सोमबार July 14, 2025

समाजमा आमूल रुपान्तरण गर्ने पार्टी आवश्यक छ : नेता खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजमा आमूल रुपान्तरण गर्नसक्ने पार्टी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।

शुक्रबार राजधानीमा आयोजित नेता खनालद्वारा लिखित ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले २०६२/६३ मा पूँजीवादी जनवादी क्रान्ती सम्पन्न भएको र त्यसपछि समाजवादी निर्माणको दिशातर्फ अगाडि बढ्नुपर्ने धारणा पार्टीले राखेको बताउनुभयो।

पुस्तकबारे उल्लेख गर्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले भन्नुभयो, “२०६२/६३ मा भएको परिवर्तन के हो ? क्रान्ती हो भने कस्तो क्रान्ती हो ? केही प्रश्न अहिले पनि उठेका छन्। समाजवाद ल्याउन बाँकी छ तर आउन अनिवार्य छ। यस्तो पार्टी निर्माण गर्नुपर्छ जसले, समाजमा आमूल रुपान्तरण गर्न सकोस्। संकल्पबद्ध, आदर्शयुक्त पार्टी बनोस्। पद प्राप्तिको होड यस्तो छ, कल्पना पनि गर्न सकिँदैन। चुनाव आएको छ, मेरो टिकट पर्छ कि पर्दैन भनेर म भनेर हिडेको छ।”

संसदलाई प्रयोग गर्ने सन्दर्भमा लेनिनको मार्गदर्शन अप्नाउनुपर्ने बताउनुहुँदै उहाँले संसदमा पुग्नेले आफ्नो मिसन खोज्नसक्नुपर्ने सुझाव राख्नुभयो। “लेनिन, माक्र्स, पूँजी नपढिकन पूँजीवाद कसरी उत्पत्ति भयो, कसरी पतन हुन्छ ? कसरी समाजवाद आउछ त्यो बुझ्ने हो भने पूँजी पढ्नुस् । लेनिन नपढेसम्म समाजवादी क्रान्ति बुझ्न सकिँदैन भन्ने मेरो निष्कर्ष हो”, उहाँले नेपाली क्रान्तिका वर्ग संरचना, यो क्रान्तिको मुख्य शत्रु को हो ? आम एवम् ठोस् कार्यक्रम के हो ?

चीन पनि साम्राज्यवाद जस्तो भयो भन्ने छ, समाजवादी मुलुकलाई हेर्ने दृष्टिकोण के हो ? भन्ने जस्ता तमाम प्रश्न र थुप्रै विवादको समाधान गर्ने क्रममा पुस्तक लेखिएको प्रष्ट्याउनुभयो। यसखाले पुस्तक सबैले निरन्तर लेखिरहनुपर्नेमा उहाँले जोड दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया