श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कनेक्ट आईपीएस प्रयोग गर्न चाहनुहुन्छ : यसरी बनाउनुहोस् कनेक्ट आईपीएसमा अकाउन्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दो छ । डिजिटल भुक्तानीका लागि वालेट, मोबाइल बैंकिङ लगायतका विकल्प छन् । ती मध्येको एक विकल्प हो, कनेक्ट आईपीएस ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत माघसम्म कनेक्ट आईपीएसका ७ लाख ९३ हजार १५१ प्रयोगकर्ता रहेका छन् । कनेक्ट आईपीएसको एउटा फाइदा भनेको यसमा रकम लोड गर्नुपर्दैन् र सिधै आफ्नो बैंक खाताबाट विभिन्न सेवाको भुक्तानी गर्न सकिन्छ ।

यदी तपाई पनि कनेक्ट आईपीएस प्रयोग गर्न चाहनुहुन्छ भने यसमा अकाउन्ट बनाउन शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो व्यक्तिगत विवरणहरू नाम इमेल र फोन नम्बर राखेर कन्टिन्युमा थिच्नुहोस् । यति गरेपछि त्यहाँ युजरनेम र पासवर्ड राखेर फेरी कन्टिन्युमा क्लिक गर्नुहोस् ।

युजरनेम अहिलेसम्म कसैले प्रयोग नगरेको युनिक हुनुपर्नेछ भने पासवर्ड कम्तिमा नौं क्यारेक्टरको हुनुपर्नेछ, जसमा १ अपर केस, १ लोर केस, १ नम्बर र १ स्पेसल क्यारेक्टर हुनुपर्नेछ ।

त्यसपछि क्याप्चा राख्नुहोस् र टर्म एण्ड कन्डिसन पढेर त्यसमा टिक लगाएर रजिष्टर गर्नुहोस् । यति भएपछि तपाईको रजिष्ट्रेसनको प्रारम्भिक प्रक्रिया पूरा हुन्छ ।

अब अघि अकाउन्ट बनाउँदा राखेको युजरनेम र पासवर्ड राखेर लगइन गर्नुहोस् र रजिष्ट्रेसनको बाँकी प्रक्रिया पूरा गर्नुहोस् । नोट, कनेक्ट आईपीएस डटकमबाट लगइन गर्दा क्याप्चा राखेर अगाडि बढ्नुपर्नेछ ।

त्यसपछि मागिएका विवरण सबमिट गरेर अगाडि बढ्नुहोस् । अनि इमेज र फ्रेज छनोट गर्ने र त्यसलाई सधैं याद राख्ने । साथै देखिएको ३ वटा सेक्युरिटी प्रश्नको जवाफ दिने र अगाडि बढ्ने ।

नोट, सेक्युरिटी प्रश्न र यसका जवाफ हरेक पटक पासवर्ड परिवर्तन गर्दा वा रिसेट गर्दा आवश्यक पर्ने हुँदा सम्झेर राख्नुहोला । त्यसपछि गेट कोडमा क्लिक गरेर रजिष्टर गर्दा प्रयोग गरेको मोबाइल नम्बर र इमेलमा आएको ओटीपी कोड राखी भेरिफाई गर्नुहोस् ।

भेरिफाई गरेपछि ६ अंकको ट्रान्ज्याक्सन पासवर्ड राख्नुहोस्, जुन हरेक पटक कारोबार गर्दा आवश्यक पर्छ । ठूलो रकमको कारोबार गर्दा भने ट्रान्ज्याक्सन पासवर्ड बाहेक रजिष्टर गरिएको इमेल र मोबाइल नम्बरमा आएको ओटीपी कोड समेत आवश्यक पर्छ ।

सानो रकमको कारोबार गर्दा ओटीपी नचाहिनको लागि आफुले कारोबारको सीम तोक्नुपर्ने हुन्छ । ५ हजारदेखि १ लाख रूपैयाँसम्मको ओटीपी लिमिट सेट गर्नुहोस् र अगाडि बढ्नुहोस् । यो सबै गरेपछि आफ्नो इमेल र मोबाइल नम्बरमा आएको भेरिफिकेसन कोड राखेर सबमिट गरेर अघि बढ्नुहोस् ।

अब तपाईको कनेक्ट आईपीएसको अकाउन्ट तयार भयो । साथै कनेक्ट आईपीएसको एन्ड्रोइड र आईओएस मोबाइल एप डाउनलोड गरेर पनि माथिको प्रक्रिया पूरा गरेर नयाँ अकाउन्ट बनाउन सकिन्छ । अब तपाईले कनेक्ट आईपीएसबाट कारोबार गर्न आफ्नो बैंक खाता लिंक गरी भेरिफाई गर्नुपर्ने हुन्छ ।

अनि उक्त खाताबाट सिधैं पेमेन्ट गर्न सकिन्छ । बैंक खाता लिंक गर्न अकाउन्ट लगइन गरी बैंक अकाउन्ट भित्र रहेको लिंक अकाउन्टमा क्लिक गरी मागिएको विवरण राखेर बैंक खाता लिंक गर्न सकिने छ । त्यसपछि कनेक्ट आइपीएसमा आफ्नो खाता लिंक गरिसकेपछी सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरी आफ्नो मोबाइल नम्बरमा आएको ओटीपी कोड राखेर र टर्म्स एण्ड कन्डिसन पढेर टिक लगाई सबमिट गर्नुपर्नेछ ।

अनि आफ्नो खातामा २ वटा माइक्रो पेमेन्ट जम्मा हुनेछ । सो रकम जम्मा भएको जानकारी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ वा बैंक स्टेटमेन्टबाट लिन सकिने छ । त्यसपछि माइक्रो डिपोजिट भएको रकम दाखिला गरी सबमिट गर्नुहोस् । यति गरेपछि तपाईको खाता भेरिफाई हुनेछ । आईसिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार