असार ३०, २०८२ सोमबार July 14, 2025

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बालुवाटारमा जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ ।

नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेको हो ।

संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्वोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबिच रस्साकस्सी चलिरहेको छ ।

संस्थापन पक्षले भने कोइराला समूहले बुझाएको सुचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सूची बुझाएको दावी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया