काठमाण्डौंः बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो ।
रेल सेवामा कार्यरत कर्मचारीहरूले यसअघि नै आन्दोलन गर्ने तयारी गरेका भए पनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले महारानी एलिजावेथको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् ।
रेल सेवाका कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलबसहित सेवा सुविधा वृद्धि हुनुपर्ने माग राखेका छन् ।
आफूहरूले पटक पटक पारिश्रमिक बढाउन माग गरेको तर व्यवस्थापनले वेवास्ता गरेपछि आन्दोलनमा उत्रिनुपरेको बताएका बीबीसीले जनाएको छ । बेलायतमा रेल सेवाका कर्मचारीले गरेको आन्दोलनबाट अरु क्षेत्रसमेत प्रभावित भएका छन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया