वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो छ : अध्यक्ष लिङ्देन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताएका छन् ।

पार्टी कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकमा इमान र त्यागको राजनीतिले मात्र देश विकास र जनतालाई समृद्धिको बाटोमा लैजान सकिने बताए। उनले निकट भविष्यमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गरे ।

निर्वाचनमा जनताले गर्ने निर्णयबाट नेपाल र नेपालीको मुहार फेर्ने बताउँदै उनले चुनावको दिन राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताए।

विजयादशमीका अवसरमा अध्यक्ष लिङ्देनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया